आगामी आर्थिक बर्षमा दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर

  २०७५ जेठ ७ गते १६:३२     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि दोहोरो अंकको आर्थिक वृद्धिदर लक्ष्य निर्धारण गरेको छ । व्यवस्थापिका  संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक बर्षमा दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य तय गरेको हो ।

सरकारले चालु आर्थिकमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हुने अपेक्षा गरेको थियो । तथ्यांक विभागको पछिल्लो प्रतिवेदन अनुसार ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखिएको छ ।१४ औं योजनाले आगामी आवमा आर्थिक वृद्धिदर ८.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.