नागरिक लगानी कोषको लाभांशमा लगानीकर्ता लोभिए, सबैभन्दा बढी सेयर कारोबार

  २०७५ जेठ ७ गते १५:२९     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार घटेपनि लगानीकर्ता नागरिक लगानी कोषको लाभांशमा लोभिएका छन् ।
लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २२.०६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो ।

काेषले साेमबार बिहान मात्रै सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । लाभांश घोषणा गरेकै दिन कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । दिनभर १०१ चोटी कारोबार भएको यस कम्पनीको २ करोड ४१ लाख ९३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ हजार ७२५ रुपैयाँ रहेको छ ।

समग्रमाः नेप्से परिसूचक २.०६ अंकले घटेर १३३७.१३ अंकमा झरेको छ । सो दिन १६३ कम्पनीको ८ लाख ७ हजार सेयर ३५ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् ।

बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक ओरालो लागेको छ । बीमा ७६ अंकले ओरालो लागेको छ भने माइक्रोफाइनान्स समूह ३५ अंकले उकालो लागेका छन् । बजारमा होटल, उत्पादन र अन्य समूह सामान्य अंकले उकालो लागे पनि बाँकी समूह भने सामान्य अंकले ओरालो लागेका छन् ।

सोमबार नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य ९.७१ प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार वित्तीय विकास बैंक र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले क्रमशः ६.९४ र ६.७६ प्रतिशत कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.