बैंकमा व्यक्तिगत निक्षेप मात्रै १४१२ अर्ब, कसको कति हेर्नुहोस

  २०७५ जेठ ७ गते १३:५०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप ११ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप १ खर्ब ४३ अर्ब ७८ करोड रुपैयाँ थप भएको छ ।

गत बैशाखसम्म व्यक्तिगत निक्षेप बढेर १४ खर्ब १२ अर्ब ९३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार कुल निक्षेपको ५५ प्रतिशत व्यक्तिगत छ ।

समीक्षा अवधिमा बैंकको गैरसरकारी संस्था, स्थानीय सरकार, बीमा कम्पनी, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, अन्तर बैंक कारोबार, नाफारहित गैरसरकारी संस्थाको १२ खर्ब रुपैयाँ रहेको छ ।

गत बैंशाखसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप निक्षेप बढेर २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ छ । ९ महिनामा मात्रै २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ थप भएको राष्ट्र बैंकले जनाएको छ ।

कसको कति हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.