वित्तिय संस्था संघको अध्यक्षमा पुनः तुलाधार

  २०७५ जेठ ७ गते १३:४१     विकासन्युज

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधार चयन भएका छन् । संघको २२ औं बार्षिक साधारणसभाले गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलाधार दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राई चयन भएका छन भने महासचिवमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला निर्वाचित भएका छन् ।

संघको कार्यकारी समितमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सेन्ट्रल फाइनान्सका रजोजमान श्रेष्ठ, जेविल्स फाइनान्सका लक्ष्मीलाल नकर्मी, श्रृजना फाइनान्स कम्पनीका भवानीशंकर चापागाईं, ललितपुर फाइनान्सका सुरेन्द्रबहादुर न्हुछे प्रधान र श्री इन्भेष्मेन्ट एण्ड फाइनान्सका लिलामणी न्यौपाने चयन भएका छन् ।

अध्यक्ष तुलाधरले दुई जना कार्यकारी सदस्यमा सिटि एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंलाई मनोनित गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.