११ बजाज डोमिनार चालक सगरमाथातर्फ प्रस्थान

  २०७५ जेठ ७ गते ०:३३     विकासन्युज

काठमाडौं । अटोमोबाइल ब्राण्ड हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता हाे  ।


एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ ।

एचएच बजाजले डोमिनार ४००का ११ जनालाई शाहसी चालकहरु छनोट गरिएको छ । उक्त डोमिनार यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने यो राम्रो अवसर हो । उक्त यात्रा आइतबारबाट शुुरु भएर ३० मे २०१८ सम्म चल्ने कम्पनीको भनाइ छ ।

चालकहरुको लागि राइड रुट काठमाडौंबाट शुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा बोल्दै भने ‘साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।

यो सहभागीहरुका लागि एभरेष्ट वेस क्याम्पसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने रहेको उनले बताए । । चालकको रुपमा प्रसान्त मानन्धर, कोशिष पराजुली, सुमन मर्हजन, देबकुमार श्रेष्ठ, जम्पा दोर्जे शेर्पा लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.