वैदेशिक लगानी प्रतिवद्धता २९७ प्रतिशतले बढ्यो, १० महिना मै ५१ अर्ब

  २०७५ जेठ ७ गते ६:३०     पृथराज थेगिम

काठमाडौं । चालु अार्थिक वर्षको १० महिनामा ४९ अर्ब ९६ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गएको वर्षको सोही अवधिको तुलनामा उक्त प्रतिबद्धता २९७ प्रतिशत बढी हो ।

गएको आर्थिक वर्ष २०७३/७४ को साउनदेखि वैशाखसम्ममा १२ अर्ब ५७ करोड रुपैयाँको मात्रै वैदेशीक लगानी प्रतिवद्धता आएको थियो । मुलुकमा स्थिर सरकार गठन, लोडसेडिङको अन्त्य लगायतको कारणले गर्दा विदेशी आकर्षित भएसँगै लगानी प्रतिवद्धता बढेको हो ।

 

विभागकाअनुसार ४९ अर्ब ९६ करोड  वैदेशीक लगनीको प्रतिवद्धता आइरहँदा, केही स्वदेशीसहितको लगानीलार्इ जोड्दा कुल वैदशीक लगनी प्रतिवद्धता ५४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । गएको दश महिनामा उर्जा क्षेत्रमा मात्रै ३६ अर्ब २४ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

त्यस्तै उत्पादानमुलकमा ६ अर्ब, खनिजमा २ अर्ब, पर्यटनमा १ अर्ब ९५ करोड, कृषि तथा वन पैदावारमा १ अर्ब ८९ करोड, सेवामा १ अर्ब ५२ करोड र सूचना तथा प्रविधि क्षेत्रमा २९ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ ।

उक्त ७ क्षेत्रमा भित्रीएको लगानी प्रतिवद्धतामार्फत मुलकमा विभिन्न २६२ उद्योग तथा परियोजनाहरु सञ्चालन हुनेछ । त्यतिका उद्योगहरु सञ्चालनमा आउदन मुलकमा करिब १० हजारको संख्याले रोजगारी पाउनेछन् ।

विभागको प्रवक्ता दुर्गा भुसालले स्थिर सरकार आएसँगै लगानीमा आकर्षण बढेको बताए । उनले गएको वर्षहरुको तुलनामा विदेशी लगानीकर्ताहरुले लगानी गर्न उत्साहित भएको जानकारी दिए । ‘विभिन्न मुलुकले गएको लगानी सम्मलेलनहरुमा गरेका प्रतिवद्धताको कारणले पनि पछिल्लो समय लगानी ह्वात्तै बढेको हो,’ उनले भने ‘अहिले विदेशी लगानीकर्ताले मुलुकको उर्जा, उत्पादनमुलक, कृषि, खनिज लगायत क्षेत्रमा लागनी गर्न इच्छुक  देखिन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.