यसरी उत्रिए नायक नायिकासँगै र्याम्पमा डेढ दर्जन मोडल

  २०७५ जेठ ६ गते २३:५७     विकासन्युज

काठमाडौं । मंसिरको दोस्रो साता देशव्यापी रिलिज गर्ने घोषणासहित चलचित्र ‘रणबीर’का अभिनेता शुशिल पोखरेल र अभिनेत्री शुभेच्छा खड्का गर्मीको पहिरनमा सजिँदै र्याम्पमा उत्रिएका थिए ।


आरआर ग्रुपले शुक्रबार काठमाडौंमा आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन शोमा अभिनेता अभिनेत्री ‘शोज’ टपरका रुपमा मञ्चमा उत्रिएका हुन् ।


कार्यक्रममा चलचित्र रणबीरको गितमा कलाकारले प्रस्तुत गरेको आयोजकले जनाएको छ । रणबीरकी निर्माता गोमा बिष्टले एलेक्सी फेसनकातर्फबाट कलेक्सन गरेका गर्मी लक्षित पहिरनका साथ रणबीरका अभिनेता अभिनेत्री, निर्माता दिपेन्द्र रेग्मी र गोमा मञ्चमा उत्रिएका थिए ।


धिमे वाजासहित शुरु भएको फेशन शोको शुरुमा अभिनेत्री सारा सिरपाली मञ्चमा प्रस्तुत भएकी थिइन् । गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएका समर फेशनसहित सो कार्यक्रममा १८ जना मोडलहरु र्याम्पमा उत्रिएका जानकारी गराइएकाे  छ ।


गायिका मनिषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर मोडलहरु प्रस्तुत भएका थिए । फेशन शो आयोजक आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बिगतका वर्षमा झै यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेशनहरुलाई यो फेशन शोमा प्रस्तुत गरिएको बताइन् । फेशनको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।


फेशन शोमा मोडलहरु कुसुम तामाङ, दिव्य थापा, मन्दिरा राणा, प्रियँका, श्वेच्छा, कविता, दावा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी, सिमा लगायतका मोडल र्याम्पमा उत्रिएको अयोजकको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.