सन्दिप लामिछाने चम्किदा दिल्लीले जित्यो

  २०७५ जेठ ६ गते २०:३५     विकासन्युज

काठमाडौं । नेपालका खेलाडी सन्दिप लामिछाने चम्किएपछि दिल्ली डेयरडेभिल्सले मुम्बईलाई पराजित गरेको छ । सन्दिपले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराए । आजको खेलमा जित हासिल गरेपनिदिल्ली डेयरडेभिल्सले आईपीएलबाट बाहिरिएको छ ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनायो। दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।

१० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.