सनराइज बैंकले दियो बनेपाको मन्दिरलाई सीसीटिभी क्यामेरा र यूपीएस

  २०७५ जेठ ६ गते १८:५८     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले बनेपाको नाला स्थित करुणामय् मन्दिरलाई सीसीटिभी क्यामेरा र यूपीएस हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त मन्दिरलाई क्यामेरा हस्तान्तरण गरेको हो ।

उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ लगाएत नाला समाजका प्रतिनिधीहरु साथै बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकको भक्तपुर शाखाको अगुवाईमा करुणामय् मन्दिर सरसफाई कार्यक्रमसम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.