गण्डकी विकास बैंक अब नेपालगञ्जमा पनि

  २०७५ जेठ ६ गते १७:१६     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखा नेपालगञ्जमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङ्गले गरेका हुन् । कार्यक्रममा गुरुङ्गले आगामी दिनहरुमा बैंकले सम्भाव्य ठाउँहरुमा थप शाखा विस्तार गर्दै जाने बताएका छन् ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले यही जेठ २५ गते सम्पन्न हुने वार्षिक साधाराण सभाले पारित गरे पश्चात चुक्ता पूँजीमा सवै भन्दा ठूलो विकास बैक हुने बताएका छन् ।

बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशबाट बैंकिङ् सेवा प्रदान हुने सीईओ थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.