फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सगरमाथको शिखरमा

  २०७५ जेठ ५ गते १८:१३     विकासन्युज

काठमाडौ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकि छिन्  । आरोही श्रेष्ठले शनिबार बिहान ८ः१० बजे शिखरमा पाइला टेकेकी फोटो पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिए ।

क्लबले उनको सफल आरोहणपछि सर्वोच्च शिखरमा पाइला टेक्ने श्रेष्ठ पहिलो नेपाली फोटो पत्रकार भएको दाबी गरेको छ ।गोरखाको आरुघाट स्थायी घर भएकी २८ वर्षीया श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन्।

आरोहणका क्रममा पत्रकार श्रेष्ठले पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी क्लबले जनाएको छ ।

मुलुकको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी थिइन्। उनी पाँच वर्षदेखि फोटो पत्रकारितामा सक्रिय छिन्। रासस

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.