सिद्धार्थ बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

  २०७५ जेठ ५ गते १५:४१     विकासन्युज

काठमाडौ । यो साता सिद्धार्थ बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म बैंकको ७ करोड १ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै कारोबार भएको सेयर संख्याका आधारमा पनि सिद्धार्थ बैंक अग्रस्थानमा छ ।

बैंकको २ लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो । बैंकको सेयर सस्तो भएपछि लगानीकर्ताले खरिद गरेका हुन् । सिद्धार्थको सेयर मूल्य घटेर प्रतिकित्ता ३३५ रुपैयाँमा कारोबार भएको छ । यस्तै वित्तीय अवस्था राम्रो, आकर्षक प्रतिफल दिने आशामा लगानीकर्ताले सिद्धार्थको सेयर किनेका हुन् ।

यो साता १ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडकाअनुसार २३ लाख २९ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५.९६ प्रतिशत कम हो ।

गत साता १८१ कम्पनीको २ अर्ब १९ लाख ९९ हजार बराबरका ४८ लाख १२ हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले बढेर अन्तिम दिन १ हजार ३३९ अंकमा पुगेको छ । यस साता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ लाख ६९ हजार ७९३ बोनस सेयर, प्रभु बैंकको २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २ लाख ३ हजार ५६० कित्ता बोनस सेयर सुचिकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस्तै साइन रेसुङ डेभलपमेन्ट बैंकको २७ लाख ५१ हजार २३१ कित्ता बोनस, सिर्जना फाइनान्स लिमिटेडको ९ लाख ८२ हजार ८०० कित्ता बोनस, समता माइक्रोफाइनान्सको ६३ हजार ३०० कित्ता बोनस, पोखरा फाइनान्स कम्पनीको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद, मितेरी डेभलपमेन्ट बैंकको ११ लाख ९७ हजार ६९ कित्ता बोनस र प्रिमियर इन्स्योरेन्स कम्पनीको ६ लाख ९५ हजार ३९७ कित्ता बोनस शेयरसमेत स्टकमा सूचीकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.