किङ्गफिसरले भित्र्यायो गुड टाईम्स

  २०७५ जेठ ५ गते १३:२६     विकासन्युज

काठमाडौं । युनाइटेड ब्रुअरीज लिमिटेडले किङ्गफिसरका नयाँ बियर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग नेपाली बजारमा भित्र्याएको हो । युनाइटेड ब्रुअरीज लिमिटेड ग्लोबल बियर लिडर हेइनकेन एनभीसँगको संयुुक्त उद्यम हो ।
युनाइटेड ब्रुअरीजले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङ्गफिसर बियर प्रस्तुत गरेको हो ।

युवा, समकालीन तथा रमाइलो ब्राण्ड, किङ्गफिसरले निरन्तर आफ्ना उपभोक्ताको साथ रमाइलो तवरले आफूलाई जोड्दै आएको छ । किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्ली तथा हप्सको प्रयोगद्वारा गरिन्छ । यसको अद्वितीय स्वाद तथा गुणस्तरीयतका कारण किङ्गफिसर बियरको माग दिनानुदिन बढ्दै गईरहेको छ ।

युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममुर्तिले किङ्गफिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्राण्ड भएको दावी गरे । यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफले “किङ्गफिसर बियरलाई नेपाली बजारमा ल्याइनु ठुलो उपलब्धि भएको बताए । नेपाल अधिराज्यभरका सम्पूर्ण विक्रीकक्षमा किङ्गफिसर प्रिमियम तथा स्ट्रङ्ग उपलब्ध रहेको छ । किङ्ग फिसर प्रिमियम ६५० एमएलको बोटलमा उपलब्ध रहेको छ र यसको मूल्य २७५ रुपैंयाँ रहेको छ ।

त्यसै गरी ५०० एमएलको क्यानको मूल्य २१० रहेको छ । किङ्ग फिसर स्ट्रङ्ग ६५० एमएल बोटलको मूल्य २३५ तथा क्यानको मूल्य १८० रुपैंयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.