नेशनल लाइफ इन्स्योरेन्सलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

  २०७५ जेठ ४ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेशनल लाइफ इन्स्योरेन्सलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले शुक्रबार(आज) ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको सो मात्राको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत निष्काशन गर्ने भएको छ ।

इन्स्योरेन्सले चुक्तापुँजी बढाउन साविका सेयरधनीलाई हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३८६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.