एनएडीईपी लघुवित्तले ३० प्रतिशत आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

  २०७५ जेठ ४ गते १६:५०     विकासन्युज

काठमाडौं । एनएडीईपी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्रै यस संस्थालाई अंकित मूल्य १००को ४ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले दिएको अनुमति अनुसार संस्थाले चार करोड ८० लाख रुपैयाँकाे आइपीओ निष्कासन गर्ने भएको छ ।

सो मात्राको आईपीओ निष्कासन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.