पोखरा फाइनान्सका सीईओ गुरुङ्ले दिए राजीनामा, असार १० गतेबाट लागु हुने

२०७५ जेठ ४ गते १६:२३ विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार गुरुङ्ले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

गत जेठ ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको ४४७औँ बैठकले गुरुङ्ले दिएका राजीनामालाई स्वीकृत गरेको छ ।

बैठकले आगामी असार १० गतेबाट लागु हुने गरी गुरुङ्को राजीनामालाई स्वीकृत गरेको कम्पनी सचिव नारायणप्रसाद शर्माले बताएका छन् ।