सिन्धु विकास बैंकको ५ लाख ३५ हजार कित्ता संस्थापक हकप्रद लिलामीमा

  २०७५ जेठ ४ गते ९:३४     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको ५ लाख ३५ हजार ३०१ कित्ता हकप्रद सेयर बिक्री नभएपपिछ लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो ।

खरिदका लागि बोलपत्र पेश जेठ ११ देखि सुरु भई २७ गतेसम्म तोकिएको छ । बोलपत्रका लागि आवेदन एनआईबीएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट र लालदरबार, लगनखेल, चिप्लेढुङा, बुटलबल, बीरगञ्ज, र विराटनगरबाट पाइने छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारयणगढ र धनगढी शाखाबाट पाइने एनआईबीएल एसले जनाएको छ ।

बैंकले चुक्तापूँजी बढाउन गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको संस्थापक हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.