वोमी माइक्रोफाइनान्सको सबैभन्दा बढी कारोबार, यस्तो छ कारण

  २०७५ जेठ ३ गते १५:४२     विकासन्युज

काठमाडौं । केही दिनयता सेयर बजारका लगानीकर्ताहरु वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा आकर्षित भएका छन् । संस्थाले चुक्ता पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने भएपछि लगानीकर्ता वाेमीकाे सेयरमा लोभिएका हुन् ।

बिहीबार अाेमीकाे सेयर मूल्य प्रतिकित्ता १८३० रुपैयाँमा काराेबार भएकाे छ । करिब १८३० रुपैयाँको प्रतिकित्ता सेयर १०० रुपैयाँमै आउने भएपछि लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका हुन् ।

बिहीबारको बजारमा सबैभन्दा बढी यस कम्पनीको सेयर कारोबार भएको छ । यस संस्थाको एकैदिन २ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार पनि यस संस्थाको सबैभन्दा बढी सेयर किनबेच भएको थियाे।

यस संस्थाले आगामी जेठ १६ गतेदेखि हकप्रद सेयरकोे आवेदन खुला गर्दै छ । संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत १० कित्ता बराबर २ कित्ताको अनुपातमा अंकित मूल्य एक सय रुपैंयाँको २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

साताको अन्तिम कारोबार भएको बजार सामान्य अंकले बढेको छ । बजार १.६४ अंकले बढेर १३३९ अंकमा पुगेको छ । सो दिन कूल १५४ कम्पनीको ५ लाख ७९ हजार कित्ता सेयर २८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.