टेन्डर आव्हान गर्न ४५ दिन, काम शुरु गरे अख्तियार लाग्छ: मन्त्री बास्कोटा

  २०७५ जेठ ३ गते १५:३२     विकासन्युज

काठमाडौं । सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रक्रियामुखी कामले विकास निर्माणको काम ढिलो हुने गरेको बताएका छन् । विश्व टेलिकम्युनिकेशन तथा सूचना दिनको अवसरमा आयोजित कार्यक्रममा बास्कोटाले प्रक्रियागत कामले नै विकास निर्माणले गति लिन नसकेको बताएका हुन् ।

बास्कोटाले भने-‘केहि काम गर्न टेण्डर खोल्नुपर्छ यसको लागि ४५ दिनको समय लाग्छ, काम शुरु गर्न लाग्यो अख्तियार लाग्छ, सर्वोच्चमा मुद्दा पर्छ किनभने नेपालमा लोकतन्त्र छ ।’

उनले सञ्चार प्रविधिको विकास गर्दा जनताको चेतना अनुसारको प्रयोग गर्नुपर्नेमा जोड दिए । विकास निर्माणको कामलाई परिणाममुखी बनाउन ऐन नै परिमार्जन गर्नुपर्ने बेला आएको मन्त्री बास्कोटाले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मानबहादुर शाहिले देशको आर्थिक विकासका लागि निजी क्षेत्रको ठुलो भूमिका हुने बताए । जोसुकै लगानीकर्ताको लगानी सुरक्षित गर्न सरकार तयार रहेको बताउँदै निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वाइजयाक कम्पनीका प्रमुख डाक्टर हेमन्त श्रेष्ठले नागरिकले कहिलेसम्म फाइल बोकेर कर्मचारीको कोठा कोठा डुल्नु पर्ने भनी मन्त्री बास्कोटालाई प्रश्न गरेका थिए । उनले नेपालमा न्युन्नतम सूचना प्रविधिको समेत प्रयोग गर्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.