२७ स्थानीय निकायहरुमा एनआईसी एशिया बैंक, पहिलो वाणिज्य बैंकको रुपमा स्थापित

  २०७५ जेठ ३ गते १४:४७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ । बैंकले स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम उक्त स्थानमा नयाँ कार्यालय विस्तार गरेको हो ।

यस बैंक अन्य वाणिज्य बैंकहरु भन्दा पहिला उक्त स्थानमा पुग्न सफल भएको छ र पहिलो वाणिज्य बैंकको रुपमा स्थापित भएकाे छ ।

बैंकले हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट मार्फत सम्पूर्ण बैंकिङ् सेवाहरु दिँदै आएको छ ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा यस बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । ग्राहक महानुभावहरुको अपार स्नेह, विश्वास तथा भरोसाका कारण यस बैंकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.