राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धक जगदिश काफ्लेले ५० हजार भ्रष्ट्राचार गरेको प्रमाणित

  २०७५ जेठ ३ गते १४:२६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बर्दिवास, महोत्तरीमा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेले ५० हजार भ्रष्ट्राचार गरेको प्रमाणित भएको छ । भ्रष्टाचारको अभियोगमा पक्राउ परेका काफ्लेमाथी अनुसन्धान गर्दा घुस लिएको प्रमाणित भएको हो ।

नेपाल सरकारको कृषि अनुदान कार्यक्रम अर्न्तगत कृषि अनुदानमा गार्इ पालनको लागि सरकारी ऋण उपलब्ध गरार्इ दिए वापत काफ्लेले सेवाग्राहीसँग ५० हजार घुस लिएका थिए ।

उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएको अख्तियार दुरुपयोग अनुसन्धानले जनाएको छ ।

उनीमाथी अख्तियारले बिगो बमोजिम जरिवाना र ३ महिना देखी ४ महिनासम्म कैद सजाय हुन मागदावी लिइ विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.