बन्यो विशाल कम्युनिस्ट पार्टी, देशभर दीप प्रज्वलन

  २०७५ जेठ ३ गते १७:१५     विकासन्युज

काठमाडौं । दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादीले एकताको औपचारीक घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सामुहिक दिप प्रज्वलन गरी पार्टी एकताको औपचारीक घोषणा गरेका हुन् ।

नयाँ पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् भने तेस्रो वरियातामा माधव कुमार नेपाल रहेका छन् ।

नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवक्ता बनाउने तयारी रहेको छ भने महासचिवमा विष्णु पौडेल रहेका छन् । पार्टीको केन्द्रिय सदस्य ४४१ जना हुने भएको छ । जसमा माओवादीको तर्फबाट २०० जना र एमालेबाट २४१ जना हुनेछन् । यस्तै स्थायी कमिटी सदस्य ४५ जना रहेका छन् । एमालेबाट २६ जना र माओवादीबाट १९ जना रहेका छन् ।

एकतापछि नेपालको इतिहासमै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बनेको छ । दुबै पाटीको जनमत मिसाउदा ५५ प्रतिसत भन्दा बढी जनमत प्राप्त पार्टी बनेको छ । एकतापछि देशभर दुबै दलका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरी खुशियाली मनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.