फेरी बढ्यो पेट्रोलियम पदार्थकाे मुल्य, पेट्रोल पुग्यो ११०, डीजेल ९२ रूपैयाँ

  २०७५ जेठ २ गते २२:५२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मुल्य बढाएकाे छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य बढाएकाे हाे । भारतबाटै पेट्राेलियम पदार्थकाे भाउ बढेर अाएकाे भन्दै स्वचालित मुल्य प्रणालीकाे अाधारमा निगमले मुल्य बढाएकाे जनाएकाे छ ।

निगमका प्रवक्ता वीरेन्द्र गाेर्इतका अनुसार मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको मुल्य ९२ रुपैयाँ प्रति लिटर पुग्ने भएकाे छ ।

उनले बुधबार राति १२ बजेदेखि नयाँ मुल्य लागू हुने जनाए ।

यसअघि पेट्राेल, डीजेल र मट्टीतेलकाे प्रतिलिटर मुल्य क्रमशः १०८, ९० र ९० रूपैयाँ थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.