ओपोकाे स्मार्टफोनमा ६ महिनाभित्र थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि, माेबाइल उद्याेगमा नयाँ शुरूवात

  २०७५ जेठ २ गते २२:०३     विकासन्युज

काठमाडौं । ओपो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (शेन्जेन)ले कम्पनीद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल डेमोको सफल परिक्षणकोे घोषणा गरेको छ । परिक्षणमार्फत रिमोट रिसिभरमा ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजिज्द्वारा विकसित ५ जी एनआर टर्मिनल प्राटोटाइपमार्फत थ्रीडी पोट्र्रेट छवि प्रकाशित गरिएको थियो ।

ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिमार्फत ५जी भिडियो कल परिक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरा सहितको कस्टमाइज्ड ओपो आर ११ एसको प्रयोग गरिएको कम्पनीले जनाएको छ । परिक्षणमा आरजीबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रंग र थ्रीडी डेफ्ट ईन्फरमेसन संकलन गरिएको थियो । यसरी संकलित सुचना, ५जी वातावरणमा ट्रान्समिट गरी अन्त्यमा लक्षित विषयलाई रिमोट डिस्प्ले स्क्रिनमा प्रस्तुत गरिएको थियो ।

कम्पनीको अनुसार ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियानले भने थ्रीडी स्ट्रक्चर लाइट प्रविधिको प्रयोगद्वारा गरिएको सफल ५जी भिडियो कलले उपभोक्ताका आवश्यकता बुझ्दै नवप्रबर्तन उन्मुख दिशालाई प्रतिबिम्बित गर्छ । ओपोले स्मार्टफोनमा थ्रीडी स्ट्रक्चर्ड लाएट प्रविधिको उपयोगितालाई ब्यवसायिकिकरण गर्दै उपभोक्ताका लागि सो प्रविधि करिव ६ महिना भित्रै उपलब्ध गराउने उनको भनाइ छ ।

करिव ३ बर्ष अघिदेखि ओपो ५जी रिसर्च, डेभलपमेण्ट तथा उत्पादनको विकासका लागि अन्तर्राष्ट्रिय मानक निर्धारण कार्यमा कम्पनी सक्रिय रुपले लागिरहेको जानकारी गराएको छ । ‘सन् २०१८को जनवरी महिनामा हामीले क्वालकम टेक्नोलोजिज्सँगको सहकार्यमा ५ जी पाइलट प्रोग्रामको घोषणा गरिएका थियौं,’ स्ट्यान्डराइजेसन रिसर्च ग्रुप  अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक ट्यांग हाईले भने ‘सन् २०१९ सम्ममा ५जी ह्याण्डसेट सार्वजनिक गर्ने पहिलो स्मार्टफोन निर्माता बन्न कम्पनी अघि बढेको हो ।’

उच्च गति (ईएमबीबी), बृहत्त क्षमता (एमएमटीसी) र कम बिलम्बता (यूआरएलएलसी) सहितको ५जी प्रविधिलाई औद्योगिक मोबाइल दुरसञ्चारको नयाँ सुरुवातका रुपमा लिने गरिन्छ । ईएमबीबीको मानक स्थापना तथा म्याच्योरिटीसंगै ओपोले ईमेजिङ तथा सेन्सर प्रविधिसंग ५जी नेटवर्क समाहित गर्ने कम्पनीको भनाइ छ । यसको माध्यमबाट युबेकुटस रियालिटी, भर्चुअल रियालिटी, अगुमेन्टेड रियालिटी जोइण्ट रियालिटी लगायतका लागि प्रयोग सार्थकता अध्ययन गर्ने कम्पनीको योजना छ ।

सेक्योर पेमेण्ट, थ्रीडी रिकन्स्ट्रक्सन, एआर तथा गेमिङका सम्भावना पनि केलाउँदै उपयोगितामा लाने योजना कम्पनीले अघि सारेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.