ग्लोबल आइएमई बैंकको थप ४ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

२०७५ जेठ २ गते १८:५८ विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले यस साता ४ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अब रुपन्देहीको चारांगेमा, गुल्मीको हार्दिनेटा, भेदुवा र हटियाबाट नयाँ शाखारहित बैंकिङ्ग सेवा दिने भएको छ ।

यससगैं बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८३ पुगेको छ ।

बैंकले हाल १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर माफर्त बैंकिङ सेवा प्रदान गर्दे आइरहेको छ ।