मारुती सिमेन्टले निःशुल्क प्राविधिक परामर्श दिने, निर्माण गुणस्तरीय र मजबुत हुने

  २०७५ जेठ २ गते १८:४१     विकासन्युज

काठमाडौं । मारुती सिमेन्ट लिमिटेडले निशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ । संस्थाले निर्माण गुणस्तरीय र मजबुत होस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कम्पनीले ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यान हरेक निर्माण स्थलमै पुगेर दक्ष प्राविधिकहरुबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ ।

मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यान मार्पmत कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामाग्रीहरुको सही छनौट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमता बारे जानकारी, भाइबे्रटर र क्युरिङ्ग गर्ने सहि तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकता अनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने छ ।

यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन गरिएको र निकट भविष्यमा नै उपत्यका बाहिर पनि शुरु गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी गराएका छन् ।

यस सेवामा निःशुल्क टोल फ्रि नम्बर नेपाल टेलिकम प्रयोगकर्ताका लागि १६६००११७७७७ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७३७७७ नम्बरमा कल गरि आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह सुझाव तथा निर्माणाधीन संरचनाको लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सकिने कम्पनीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.