प्रोभिषाद्धारा एकदिने रक्तदान कार्यक्रम सम्पन्न

  २०७५ जेठ २ गते १८:२१     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्शदातृ संस्था प्रोफेशनल भिषा एण्ड एजुकेशन सर्भिसेस (प्रोभिषा)ले एकदिने रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले आफ्नो १०औं वार्षिक उत्सबको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेपालमा पनि रगतको अभावमा ज्यान गुमाउनेको अवस्थालाई मध्यनजर गर्दै आज भृकुटिमण्डपमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाले समाज सेवालाई पनि प्राथमिकतामा राख्दै उक्त कार्यक्रम गरेको हो ।

१० वर्षदेखि सञ्चालनमा रहेको यस संस्थाले नेपालको काठमाण्डौं र अष्ट्रेलियाको सिड्नीबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.