सेनाले २ वर्षमै सम्पन्न गर्यो मैलुङ-स्याफ्रुवेशी सडक, जेठ ६ गते हस्तान्तरण गर्ने

  २०७५ जेठ २ गते १८:१४     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाली सेनाले मैलुङ स्याफ्रुवेशी सडकखण्ड सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सेनाले २ वर्षमै सडक निमार्ण सम्पन्न गरी जेठ ६ गते सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

१७ किलोमिटरको स्याफ्रुवेशी सडकखण्ड तयार भैसकेको सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए । नेपाली सेनाले लिएको कामको जिम्मा समयमै सक्दै आएको छ, सोहि अनुसार मैलुङ स्याफ्रुवेशी सडकखण्ड पनि जेठ ६ गते हस्तान्तरण गर्ने तयारी गरेका छौं, प्रवक्ता भण्डारीले विकासन्युजसँग भने ।

भण्डारीका अनुसार सडक ९ देखि ११ मिटर चौडा बनाइएको छ । यस सडकखण्डले चीनसँग रसुवागढी नाकासँग जोडिने भएकोले विशेष महत्व राख्दछ । सेनाले निर्माण काम सुरु गरेको २ वर्षमै १७ किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो ।

सेनाले कर्णाली करिडोर, कालीगण्डकी करिडोर, फास्ट ट्रयाक, जाजरकोट डोल्पा, बेनीघाट लार्केभन्ज्याङ लगायतको सडकखण्ड धमाधम निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.