सीजी मोटोकोर्पद्धारा ट्राफिक प्रहरी ललितपुरलाई सीसी क्यामरा प्रदान

  २०७५ जेठ २ गते १८:०४     विकासन्युज

काठमाडौं । सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट(सीसी) क्यामरा हस्तान्तरण गरेको छ । सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको हो ।

सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने छ ।१८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्याउने छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक सिताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो ।

सडकहरु सुरक्षित बनाउने उपायहरु अपनाउने उद्देश्यसहित ट्राफिक प्रहरीसँगको समन्वयमा यस सिसि क्यामराको हस्तान्तरण गरिएको कार्यकारी निर्देशक करण चौधरीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.