दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

  २०७५ जेठ २ गते १७:३८     विकासन्युज

काठमाडौं । प्रहरीले दुई करोड ६० लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित तीन दिनभित्र छ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.