सिद्धार्थ बैंकको थप ४ नयाँ शाखा सञ्चालनमा, संख्या ११२ पुग्यो

  २०७५ जेठ २ गते १७:३१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप ४ शाखाहरुको स्थापना गरेको छ । बैंकले गौरादह र पथरी, कैलालीको लम्की र जुम्लामा गरी एकै साथ ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप थप शाखा सञ्चालनमा ल्याएको हो । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोबारको संचालन हुनेछ ।

त्यस्तै, यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.