इजरायलमा पढ्न ९७ हजार घर परिवारबाट १०० जना मात्रै छनौट

  २०७५ जेठ २ गते १७:३९     विकासन्युज

काठमाडौं । इजरायलमा कृषि शिप सम्बन्धि बढ्न जानको लागि सय जना विद्यार्थीहरु छनौट गरिएको छ । मापदण्ड पुगेका ३ सय ७४ जना विद्यार्थीबाट १०० जना छनोट गरिएको हो ।


इजरायली दुतावास र साना किसान बैंकले संयुक्त रुपमा काठमाडौंमा मंलबार गरेको साना किसान कृषि तालिम कार्यक्रममा इजरायल पढ्न जाने विद्यार्थीको बारेमा प्रकाश परिएको थियो ।

दुतावासको अनुसार ९७ हजार घर परिवारबाट छानिएका विद्यार्थीहरुमध्ये गोला प्रथाबाट २ सय छानिएका थिए । त्यसमध्ये पनि स्वास्थ्य परिक्षण, प्लस टु पास लगायतका मापदण्ड पुरा गरेका एक सय विद्यार्थी मात्र छनोटमा परेका हुन् ।

यस वर्ष इजरायलमा ५ सय ४० जना विद्यार्थीहरु कृषि शिप सम्बन्धि पढ्न जाने कार्यक्रम रहेकाे दुतावासले जानकारी गराएको छ । दुतावासकोअनुसार आगामी सेप्टेम्बरसम्म इजरायल गइसक्ने १८ देखि २२ वर्ष उमेर सुहका विद्यार्थीले त्यहाँ १० देखि ११ महिनासम्म कृषि शिप सम्बन्धि तालिम लिनेछन् । जसमा २५ प्रतिशत महिला सहभागी छन् ।

हालसम्म २ हजार एक सय ४३ जनाले इजरायलबाट कृषि तालिम लिइसकेका छन् । ५ सय ४३ जना अहिले पनि इजरायमै छन् । साना किसान बैंकका अधिकृत मनिष महतोका अनुसार स्वदेश फर्केका ४० देखि ४५ प्रतिशतले अहिले पनि कृषि क्षेत्रमा काम गरिरहेका छन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले कार्यक्रमलार्इ सम्बोधन गरेका थिए । कार्यक्रममा उनले कृषि क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सरकारले सहयोग गर्ने बताए । कृषि मर्यादित र सम्मानित पेशा भएको भन्दै उनले स्वदेशमै केही गर्छु भन्ने सोंच भएकाहरुलाई राज्यले सहयोग गर्ने जानकारी गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.