राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश

  २०७५ जेठ २ गते १६:०९     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश भएको छ ।  शिफारिश समितिले व्यवसायिक योजना र अन्तरवार्ताका आधारमा क्रमश कविप्रसाद पाठक, झापा, डा. डिल्लीराज अर्याल गुल्मी र बुद्धकाजी श्रेष्ठ काठमाडौंलाई शिफारिश गरेको हो ।

सरकारले वर्णानुक्रमअनुसार प्रक्रिया अघि बढाए पाठक प्रशासक बन्ने छन् । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि निर्णय हुने छ ।

यस्तै लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा शिफारिशमा परेनन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता लिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.