सार्वजनिक निजी साझेदारमा ५ वर्षमा सोलारबाट मात्रै ५०० मेगावाट बिजुली उत्पादन

  २०७५ जेठ २ गते १५:४०     विकासन्युज

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा आउदो ६ वर्षभित्र सोलार प्लाण्टबाट मात्रै ५ सय मेगावाट बिजुली उत्पादन हुने भएको छ । प्रत्येक वर्ष १०० मेगावाटका दरले आउदो ५ वर्षमा सोलारको जडित क्षमता ५०० मेगावाट पुर्याउन लागिएको हो ।

उर्जा मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७६/०७७ देखि आव ०८०/०८१ सम्म ५०० मेगावाटका विभिन्न सोलार आयोजना सम्पन्न भई ७० करोड युनिट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । ऊर्जा मिश्रणका लागि सोलार आवश्यक भएपछि योजना ल्याइएको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बताए ।

काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सुन्दरीघाटमा भूमिगत पानी तान्नका लागि सोलार प्लाण्टबाट ६८० किलोवाट बिजुली उत्पादन गरिरहेको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदानमा सोलार प्लाण्ट जडान गरिएको हो ।

आउदो १ वर्षमा नुवाकोटमा २५ मेगावाटको सोलार प्लाण्टबाट बिजुली उत्पादन सुरु हुने भएको छ । सोलार प्लाण्टका लागि काम सुरु गरिसकेको नेपाल विद्युत प्राधिरकणले जनाएको छ । विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग ४ अर्ब रुपैयाँमा ९३ करोड ८० लाख अमेरिकी डलर० ठेक्का सम्झौता गरिएको छ ।

यता निजी लगानीमा २१ वटा सोलार प्लाण्टबाट ६१ मेगावाट बिजुली उत्पादन गर्ने काम अघि बढेको छ । विद्युत खरिद दरमा कुरा मिल्न बाँकी रहेको छ । खरिद दर भएमा निजी क्षेत्रले १ वर्षमा सबै सोलार प्लाण्ट सञ्चालनमा ल्याउने छ । यी आयोजना सम्पन्न भएमा १० करोड ६० लाख ६९ हजार युनिट बिजुली सोलार प्रविधिबाट उत्पादन हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.