बुधबारको बजारमा सामान्य सुधार, २२ करोडको सेयर किनबेच

  २०७५ जेठ २ गते १५:३२     विकासन्युज

काठमाडौं । निरन्तर ओरालो लागिरहेको बजारमा बुधबार भने सामान्य सुधार आएको छ । बजारमा नेप्से परिसूचक ४.१५ अंकले बढेर १३३८ अंकमा पुगेको छ ।

मंगलबारको जस्तै बुधबारको बजारमा पनि केवाइसीको प्रभाव परेको देखिन्छ । बुधबारको बजारमा २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८ करोड रुपैयाँ बढी हो । सो दिन कुल १५८ कम्पनीको ४ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन एक करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १८६० रुपैयाँ रहेको छ ।

बजारमा उत्पादनमूलक र फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूह ४६ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावरको १३.१३ अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.