सिद्धार्थ फाउन्डेसनद्धारा मातृसेवा परियोजनालाई ४ लाखकाे आर्थिक सहयोग

  २०७५ जेठ १ गते १८:२३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजनालाई ४ लाख ८ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम मंगलबार एक समारोहका बीच बैंकका अध्यक्ष मनोजकुमार केडियाले फेज नेपालका अध्यक्ष्य राजेन्द्रकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

सो सहयोग रकम मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुहरुको लागि लुगा तथा कम्बल वितरण गर्नका लागि प्रयोग गरिने छ ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष केडियाले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.