सिटी एक्स्प्रेस फाइनान्सको १६७ प्रतिशत हकप्रद पारित, संचालकमा दुई जना निर्वाचित

  २०७५ जेठ १ गते १८:०७     विकासन्युज

काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको प्रस्तावित १६७ प्रतिशत हकप्रद सेयर पारित भएको छ । हालै सम्पन्न संस्थाको १२औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १ः१.६७ दरले हकप्रद जारी गर्ने प्रस्तावलाई पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँ पुग्ने छ ।

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता पूँजी ८० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्न लागिएको अध्यक्ष चन्द्र टण्डनले जानकारी गराएका छन् ।

साथै, सभाले संस्थापक समूहको तर्फबाट दुई जना संचालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.