नारायणघाट र पर्सामा सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सको भेटघाट सम्पन्न

  २०७५ वैशाख ३१ गते १७:२३     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लि ले नारायणघाट र टांढी पर्सामा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यी ठाउँलाई केन्द्रित गर्दै सो क्षेत्रमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी सो कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो ।

उक्त भेलामा नारायणघाट १७५जना र टांढी, पर्सा १५८ जना जति ठेकेदारहरुको उपस्थिति रहेको थियो । सर्वोत्तम सिमेन्टले ग्रिन सर्वाेत्तम ओ.पि.सि र ग्रिन पि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । यस उद्योगद्वरा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५००से.मि स्क्वायरसम्म रहेको कम्पनीले विज्ञप्तीमा जनाएको छ ।

यस सिमेन्ट उद्योेगको उत्पादन क्षमता ४०००० बोरा प्रतिदिन रहेको र आउने समयमा ६०००० बोरा सम्मको क्षमता बढाउने टार्गेट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.