२०७५ वैशाख ३१ गते १०:२२ विकासन्युज
काठमाडौं । बिजयकुमार गच्छदार १५ चोटी मन्त्री बने, राजेन्द्र महतो जति पटक सदभावना दल सरकारमा सहभागी भयो उति पटक उनी नै मन्त्री बने, उपेन्द्र यादवको दल जति पटक सरकारमा गयो उनी नै मन्त्री बने ।
महन्थ ठाकुर, हृदयेश त्रिपाठी, जयप्रकाश गुप्ता, पुर्वप्रन्या रामकुमार साह, पूर्व राष्ट्रपति रामबरण यादव, पूर्व उपराष्ट्रपति परमानन्द झा, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, पूर्वमन्त्री महेन्द्र यादव, अहिलेका मन्त्री लालबाबू पण्डित, रघुबीर महासेठ, मातृका यादव ।
माथिका यी र अन्य सयकडौं मधेशी नेपालीहरू राज्यको उच्च पदमा रहेकै हुन् । यिनीहरू कमजोर वा निरीह भएर कोटामा पद पाएका हैनन्, आफ्नो क्षमताले हो । तर पनि मधेशीहरू आफूलाई गरिब वा कमजोर ठान्छन् भने त्यो मानसिकता मात्र हो, दृष्टिभ्रम हो, दर्शनभ्रम हो, दिग्भ्रम सोच हो ।
मधेशीमा नयॉ विश्वास, गर्व, हौसला, सकारात्मकता र पूरा मुलुक मेरो हो र मैले सबै नेपालीको सबै भूभागको सकुशल सफल प्रभावकारी नेतृत्व सम्हालेर मुलुक समृद्ध बनाउनु छ भन्ने सोचका साथ योग्यता प्रदर्शन, राजनीतिक स्मार्टनेस, सांगठनिक कुशलता, केरिस्मेटिक लिडरसीप र साहसको मात्र खॉचो हो ।
आफू सक्षम नभई केही प्राप्त हुदैन । लहालहैमा लागेर कुनै परिवर्तन जबरजस्ती भएछ भने पनि तरमार्ने तिनीमध्येका चतुर फटाहाले नै हो , पिछडिएका गरिब अशिक्षितको भलाई हुने हैन ।
तसर्थ हल्लामा हैन सुझबुझयुक्त राजनीतिको नेतृत्व गर्ने संकल्प लिएर अघि बढ्न जरूरी छ, नत्र जेजति परिवर्तन भए पनि सत्ता र सुविधा पद र पैसा तिनै समुदायका चतुर ठालूहरूले नै कब्जा गर्नेछन् जसरी आजसम्म हुदै आएको छ ।
सर्वाधिक धनाढ्य नेपाली
बिनोद चौधरी ( डलर अर्बपति), आदित्य झा ( अर्बपति), उपेन्द्र महतो ( अर्बपति), दिलिप अग्रवाल ( अर्बपती), राजेन्द्र खेतान( अर्बपति), सन्जय गोल्छा ( अर्बपति , जेपि अग्रवाल ( अर्बपती) हुन् । यस्तै रबिन जैन ताजपुरिया दुगड ग्रुप, दुगड ब्रदर्स, हार्डवेयर पसल, होटेल, क्यासिनो, अस्पताल, कलेज, व्यापारमा कस्को कब्जा छ ? यो मधेशीको कि पहाडीको हो ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.