सोमवार राजधानीमा वृहत सिए शिक्षा मेला

  २०७५ वैशाख ३० गते २०:३४     विकासन्युज

काठमाडौं । सोमबार वृहत्त सिए शिक्षा मेला हुने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सिए शिक्षा सम्बन्धि विद्यार्थीहरुलाई जानकारी उपलब्ध गराउने उद्देश्यले मेला गर्न लागेकोे हो ।

मेला राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा हुनेछ । पुलिस कल्वमा आयोजना हुने मेलामा संस्था र संस्थावाट सम्वन्धन प्राप्त कोचिङ सेन्टरहरु सीसीएमए कलेज, सीआईएमए एकेडेमीक्स, चैतन्य इन्स्चीच्युट अफ म्यानेजमेन्ट लगायत शैक्षिक शंस्थाहरुको स्टलहरु राखिने आयोजकको भनाइ छ ।

त्यस्तै मेलामा विद्यार्थाीहरुलाई सिए शिक्षाको भर्ना प्रक्रिया, आवश्यक योग्यता, अवसर, छात्रवृति, अनुदान र अध्ययन गर्न संस्था तथा संस्थाले मान्यता दिएको कोचिङ सेन्टरहरुवाट उपल्वध गराउने सहयोगहरुको वारेमा जानकारी उपलब्ध गराइने छ । साथै संस्थावाट हाल सिए शिक्षाको पाठ्यक्रम पुनरावलोकन र परिस्कृत गरी यसलाई अन्तराष्ट्रिय स्तर अनुरुप नयाँ परिक्षा प्रणाली अवलम्वन गरेकोले सो सम्बन्धि पनि विद्यार्थीहरुलाई जानकारी दिने बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.