हिमालयन डिष्टिलरीको नाफा २७८ प्रतिशत बढ्यो, ९ महिनामा १९ करोड ३२ लाख

  २०७५ वैशाख ३० गते ११:०२     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले नाफा २७८ प्रतिशत बढाएको छ । कम्पनीले गत चैतसम्म १९ करोड ३२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । मदिरा बिक्रीबाट आम्दानी बढेपछि यसको सकरात्मक असर नाफामा परेको हो ।

गोल्डेन ओक ब्राण्डको मदिराको बिक्री बढेपछि नाफा पनि वृद्धि भएको हो । गोल्डेन ब्लाक ब्राण्डको मदिरा बिक्री वितरण थालेको हिमालयनले जनाएको छ । रोयल ट्रेजर ब्राण्डको मदिराको बिक्री अपेक्षाकृत बढन् नसकेको कम्पनीले जानकारी दिएको छ ।

नाफा बढेपछि प्रतिसेयर आम्दानी ५० रुपैयाँ कटेको छ । समीक्षा अवधिमा कम्पनीले ७६ करोड २७ लाख रुपैयाँ खुदआम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ५० करोड ६८ लाख रुपैयाँ मात्र थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.