अब टाउकोमा कपाल उमार्न बैंकले ऋण दिने, अघि बढे नविल, ग्लोबल आईएमई र एनआईसी एसिया

  २०७५ वैशाख २९ गते १५:४२     राजाराम न्याैपाने

काठमाडौं । तपाईको कपाल झरेको छ ? तपाई नयाँ कपाल उमार्न चाहानु हुन्छ ? तर यसका लागि पैसा छैन भने अब चिन्ता नलिनुस बैंकले कपाल उमार्नका लागि ऋण दिने भएको छ ।

नविनतम प्रबिधिबाट बिगत ३ वर्षदेखि कपाल प्रत्यारोपण गर्दै आएको आरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरले कपाल प्रत्यारोपणका लागि ऋण लिनका लागि बैंकसँग सम्झौता गरेको छ । नविल बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकबाट ऋण लिन सम्झौता गरेको सेन्टरकी अस्मीता पन्तले बताइन । उनका अनुसार कपाल प्रत्यारोपण गर्न न्युनतम १ लाखदेखि ६ लाख रुपैयाँसम्म लाग्छ ।

एक मुष्ठ पैसा दिन नसक्ने वा पैसा नभएकालाई आयस्रोत हेरेर समय राखेर कपाल प्रत्यारोपण गर्ने सुविधा समेत रहेको उनले जानकारी दिइन । नविनतम प्रबिधिबाट बिगत ३ वर्षदेखि आरोगिन हेल्थ केयरले कपाल प्रत्यारोपण गर्दै आएका छ । तालुपना भएको ठाउमा प्राकृतिक रुपले कपाल वृद्धि हुने एक मात्र उपाय भनेको प्रत्यारोपण हो ।

“नेपालमा डाइरेक्ट हेयर ट्रान्स प्लान्ट हामीले सुरु गरेको हौँ । अहिलेसम्म ५०० जनाको कपाल प्रत्यारोपण गरिएको छ” उनले भनिन् । उनकाअनुसार ३० देखि ५० वर्ष भित्रका मनिसहरुले कपाल प्रत्यारोपण गरेका छन् । २५ जना महिलाले मात्रले कपाल प्रत्यारोपण गराएको सेन्टरले जनाएको छ । पुरुषको डीएचटी हर्मनका कारणले कपाल झर्छ भने महिलामा यो हर्मन हुँदैन । त्यसैले पनि महिलाहरुको कपाल थोरै मात्रामा झर्छ ।

“पुरै टाउको भरिकै कपाल झरिसकेको अवस्थामा कपाल प्रत्यारोपण गर्न सकिदैन । त्यस्ता व्यक्तिहरु आएका बेला हामीले सरी भनेर पठाएका छौँ”उनले भनिन्। कपाल प्रत्यारोपण गराउनेहरुमा सबैभन्दा धेरै व्यापारीहरु छन् ।

कपालको सोख भएका पुरुसहरुले थोरै कपाल पनि प्रत्यारोपण गर्न आउर्ने गरेका छन् । हाम्रोमा अन्य ठाँउबाट कपाल विगारेर आएका धेरैलाई प्रत्यारोपण गरेर पठाएको पन्तले जानकारी दिइन् । यसको लागत धेरै भएकाले सामान्य आर्थिक हैसियत भएकाहरुले कपाल प्रत्यारोपण गर्न गाह्रो हुन्छ । कसैको कपाल झर्ने अथवा झरेर चिल्लो नै भएको छ भने टाउकोको फोटो खिचेर पठाए हुने व्यवस्था सेन्टरमा गरिएको छ । कपाल प्रत्यारोपण गर्न लाग्ने समय र लागत अनलाइन मार्फत नै जानकारी दिने समेत पन्तले बताइन् ।

कपाल प्रत्यारोपण एक प्रक्रिया हो जसमा डाक्टरले टाउको पछाडीको भागबाट कपालको जरा निकालेर अगाडी तालुपना भएको भागमा प्रत्यारोपण गरिन्छ । पहिलो फोलिक्युलर युनिट एक्स्ट्रयाक्सन विधि हो ।

डाइरेक्ट हेयर ट्रान्स प्लान्ट अर्को विधि हो । जुन विश्वमै आधुनिक तरिका हो । यसमा एक(एक फोलिसीस युनिट अथवा ग्राफ्टलाई निकालिन्छ । जुन घाउ एक दुई हप्तामा सञ्चो भएर जान्छ । यसरी निकाल्दा खत बस्दैन । यो प्रवधिअनुसार कपाललाई निकालेर स्टोर नगरी तुरुन्तै प्रत्यारोपण गरिन्छ ।

यसरी गरिन्छ कपाल प्रत्यारोपण

कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडि पट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ भनिन्छ त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ । सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन । कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ ।

यसरी रोपेको कपाल २ देखि ३ महिनापछि झर्छ । तर, १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ । २ हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ । प्रत्यारोपण गरिएको कपाल एक दुई महिनामै झर्छन् र त्यही जराबाट नयाँ कपालहरु पलाउन थाल्छन् । तिन चार महिना भित्र पूर्ण रुपमा पलाउछ ।

टाउकोमा पाँचवटा पत्रहरु हुन्छन् । सबैभन्दा माथिको छालामा कपाल हुने गर्दछ । हाम्रो दिमागलाई यी पत्रहरु भन्दा तल रहेको स्कोल बोनले संरक्षण गरेको हुन्छ । कपाल प्रत्यारोपण चाहिँ छालामा गरिने भएकाले कुनै असर गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.