शनिबार अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्वन्धि सम्मेलन, २३ मुलुक सहभागी हुदै

  २०७५ वैशाख २६ गते २१:४५     विकासन्युज

काठमाडौं । शनिबार काठमाडौंमा अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्बन्धि सम्मेलन हुने भएको छ । नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) को आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।

आइक्यानका अध्यक्ष सिए प्रकाश थापाले सम्मेलनमा अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापन प्रणाली, संघियतामा वित्तीय प्रवन्ध, सार्वजनिक क्षेत्रमा लेखा परीक्षणको कार्य, सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धमा विभिन्न देशको अभ्यासका विषयमा सत्रहरु सञ्चालन हुने बताए ।

उनका अनुसार सम्मेलनमा २३ देशका ३२ वटा संस्थाका प्रतिनिधिसहित २५० भन्दा बढीको प्रतिनिधित्व हुनेछ । काप्पा र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायीत्व (पेफा) कार्यालयको सहकार्यमा हुने उक्त कार्यक्रमा पेफा सचिवालयले नेपालमा वित्तीय व्यवस्थापनको सम्बन्धमा कार्यपत्र पस्तुत गर्नेछ ।

‘सम्मेलनले सार्वजनिक वित्त अवधारणा कार्यन्वयनमा रहेका चुनौती र सार्वजनिक वित्त व्यवस्थापनलाई सुदृढ गर्नमा सम्वद्ध पक्षको तयारीलाई सहयोग पुग्नेछ,’ अध्यक्ष थापाले भने ।

आयोजकका अनुसार सम्मेलन अवधिमा काप्काका विभिन्न समितिको बैठक र साधरण सभा पनि नेपालमै हुने बताइएको छ ।

सोमबार सिए शिक्षा मेला

त्यस्तै आइक्यानले सोमबार ‘सिए शिक्षा मेला–२०१८ ‘ गर्ने भएको छ । राजधानीको पुलिस क्लवमा आयोजना हुने मेलामा आइक्यान तथा आइक्यानबाट सम्वन्धन प्राप्त कोचिङ सेन्टरहरूका स्टल राखिने जनाइएको छ ।

मुलुकमा आइक्यानका हालसम्म ८ हजार ४ सय सदस्य रहेका छन् भने लेखा व्यवसायमा प्रवेश गर्न चाहने ७ हजार विद्यार्र्थी अध्ययनरत रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.