बहुप्रतिक्षित एसयूभी रेनो क्याप्चर भित्रिदै, प्रि–बुकिङ खुला

  २०७५ वैशाख २६ गते ४:२८     विकासन्युज

काठमाडौं । एड्भान्स अटोमोवाइल प्रालि (बिशाल ग्रुप अन्तर्गतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयूभी क्याप्चरको नेपाल भर प्रि–बुकिङ खुल्ला गरेको छ । नेपाली बजारमा आउन लागेको रेनो क्याप्चर नयाँ प्रिमियम फिचरसहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको कम्पनीको दावी छ ।


कम्पनीकोअनुसार आर्कष डिजाइनसहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा रहेको छ । पूर्ण स्टनिङ डिजाइनसहितको एसयूभी रेनोको ग्लोबल डिजाइन हो । जो दोहोरो कलरमा उपलब्ध हुने जनाइएको छ । सो प्रिमियम एसयूभी प्रिमियम फिचरसहित आउन लागेको हो ।

विशेषता

रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाईट र डिएलआर लाइट लगाइएको छ । अन्य फिचरर्सहरुमा पुर्ण अटोमेटिक टेम्पेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, किलेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट रहेका छन् ।

कम्पनीले रेनो क्याप्चरमा दुई इन्जिनमा उपलब्ध हुने बताएको छ । ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्नेछ । एच४के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ ।

रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचरसहित ल्याइने जनाएको छ । कम्पनीकोअनुसार सुरक्षाको लागि कुनै किसिमको सम्झौता गरिएको छैन । जसमा स्टेट अफ आर्ट टेक्नोलोजि अन्र्तगतको क्रुज कन्ट्रोल, स्पिड मिटर र सटेरिङ ह्वाइल कनट्रोल जडान गरिएको छ । यसको अलावा डियुल एयर व्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेनस्जस्ता सुरक्षा फिचर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.