स्वच्छ र पारदर्शी व्यवसाय गर्न निजी क्षेत्रलाई राष्ट्रपति भण्डारीको सुझाब

  २०७५ वैशाख २३ गते १९:०६     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायको निम्ति निजी क्षेत्रलाई आह्वान गरिन् । नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शितालनिवासमा पुगेका चेम्वरको प्रतिनिधिमण्डलसँंग उनले निजी क्षेत्रसँग आ–आफनो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताइन् ।

हरेक क्षेत्रमा सञ्चालन गरिएका व्यापार व्यवसायीहरुमा पारदर्शिता र स्वच्छताको आवश्यकता रहेको उनको भनाइ थियो । अब पनि चुल्होमा पाक्ने सामान्य वस्तुहरुको पनि आयात गरिरहने हो भने मुलुकको समृद्धीको सपना अधुरै रहनेप्रति उनले सचेत गराइन् । जबसम्म विदेश पलायनकाे समस्या मुलुकबाट हल हुदैन तबसम्म  व्यवसाय अघि नबढ्ने उनको धाराणा छ ।

भेटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले देशको समृद्धिको सपना पुरा गर्ने आधार निर्यात प्रवद्धन र विदेशी लगानी रहेको जानकारी दिए । त्यसको लागि आर्थिक कुटनीति, निजी क्षेत्र, सरकार र अन्य साझेदारहरु नजिकको सहकार्य जरुरी रहेको उनको भनाइ छ । विशेष गरि भारतसँंगको ब्यापार घाटा कम गर्न र चीनसँगको ब्यापार प्रबर्दन गर्न देशले आर्थिक कुटनीतिको नमुना तयार गरेर अघि बढ्न सके फलदायी हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.