महालक्ष्मी विकास बैंकको अध्यक्षमा पून: राजेश उपाध्याय, ९ प्रतिशत लाभांश पारित

  २०७५ वैशाख २३ गते १४:५५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.को समितिको अध्यक्षमा पून राजेश उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उपाध्याय कम्पनीको हालै सम्पन्न १६औँ वार्षिक साधारणभाबाट उक्त पदमा फेरि नियुक्त भएका हुन् ।

नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नवनियुक्त अध्यक्ष उपाध्यायलाई आइबार(आज) आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

साथै, कम्पनीको सभाले संस्थापक शेयरधनीको तर्फबाट राजेश उपाध्याय, संजय गिरी र राजेशकुमार रौनियारलाई र सर्वसाधारण शेयरधनीको तर्फबाट राहुल अग्रवाल, श्यामसुन्दर रुङ्गटा र रुपेन्द्र पौडेललाई चयन गरेको छ ।

सोही सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.