नेपाल इन्स्योरेन्सको ४.५२ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद पारित, पुँजी एक अर्ब नाघ्याे

  २०७५ वैशाख २१ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ४.५२ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार(आज) सम्पन्न कम्पनीको ६९औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।


साथै, सभाले बोनस वितरण पश्चात कायम हुने पुँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । कम्पनीले पुँजी वृद्धि गर्न सो मात्राको हकप्रद जारी गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ९ लाख रुपैयाँ रहेको छ । ४.५२ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ पुगेकाे छ । त्यसपश्चात यस पुँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । सो मात्राको हकप्रद पश्चात यस इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब एक करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.