जुट मिल सञ्चालन गर्न विराटनगर महानगरपालिकाले सहयोग गर्ने

  २०७५ वैशाख १८ गते १८:२४     विकासन्युज

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ । जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले मंगलबार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालन गर्न माग गरेको हो ।

प्रमुख पराजुलीले ज्ञापनपत्र बुझदै स्व राजनेताहरु गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीतिक यात्रा शुभारम्भ भएको ऐतिहासिक विराटनगर जुट मिल सञ्चालनका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । विसं २००३ साल र २००७ सालमा जुट मिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो ।

नेपालको मजदुर आन्दोलनसँगै प्रजातान्त्रिक आन्दोलनको शुुरुवात भएको जेठो उद्योग विराटनगर जुट मिल सञ्चालनका लागि सरकारले सञ्चालक समितिसमेत नियुक्ति गरेको छ । समिति निर्माण भए पनि जुुटमिल पाँचदेखि छ महिनामात्र चल्ने र त्यसपछि बन्द हुने गरेको छ ।

जुट मिलको करिब रु पाँच अर्बभन्दा बढीको चल अचल सम्पत्ति रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.