रेमिट्यान्सको आकर्षक गन्तव्य दक्षिण कोरिया, ५० प्रतिशत बजार जीएमईको

  २०७५ वैशाख १८ गते १७:१५     विकासन्युज

दिवाकर पौडेल, जीएमई रेमिट कम्पनी, प्रमुख कार्यकारी अधिकृत

काठमाडौं । पछिल्लो समय नेपालको लागि रेमिट्यान्सको आकर्षक बजार बनेको छ दक्षिण कोरिया । कानुनी रुपमा करिव ३५ हजार नेपाली दक्षिण कोरियामा कार्यरत छन् । लुकीछिपी कोरिया रहने नेपालीको संख्या पनि निकै रहेको अनुमान छ ।

नेपालीहरुले बढी आम्दानी गर्ने देशहरु मध्ये दक्षिण कोरिया पनि एक हो, जहाँ कामदारले प्रतिव्यक्ति मासिक २ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउने गर्छन् । कोरियामा न्यूनतम पारिश्रमिक मासिक १८०० अमेरिकी डलर बराबर छ । नेपाल राष्ट्र बैंकका अनुसार कोरियामा कानुनी रुपमा कार्यरत नेपालीहरुको वार्षिक आम्दानी ८० अर्ब रुपैयाँभन्दा बढी हुुन्छ । उनीहरुले वार्षिक रुपमा करिब ६० अर्ब रुपैयाँसम्म नेपाल पठाउन सक्छन् ।

करिव ६० अर्ब रुपैयाँको रेमिट्यान्स बजार यतिबेला रेमिट कम्पनीहरुको आकर्षक गन्तव्य बनेको छ । सन् २०१७ जुलाईमा कोरियाले पहिलो पटक रेमिट्यान्स कम्पनीहरुले सेवा सञ्चालन गर्न सक्ने नीति लियो । रेमिट्यान्स कम्पनीहरुको लागि बजार खुला भएपछि गत अक्टोबरबाट जीएमई रेमिट कम्पनीले पहिलो पटक सेवा शुरु गर्यो । हालसम्म हानपास, एसवीआई, क्यूएस, क्यू स्क्वाइर, जी मनि ट्रान्सले कोइरियाबाट सेवा शुरु गरिसकेका छन् भने अन्य आधा दर्जन कम्पनीहरु सेवा सञ्चालनको अन्तिम तयारीमा जुटिरहेका छन् ।

सञ्चालनमा आएको रेमिट्यान्स कम्पनीहरुसँगको साझेदारीमा रेमिट कारोबार गर्न बैंकहरु पनि कोरियामा केन्द्रीत भएका छन् । हालसम्म ग्लोबल आईएमई, हिमालयन, इन्भेष्टमेन्ट, नविल, जनता, कुमारी, एनएमबी, सानिमा, एभरेष्ट बैंकले रेमिट्यान्स कम्पनीसँग साझेदारीमा रेमिट कारोबार सेवा दिईरहेका छन् । जीएमई अगाडी बजारमा जो पहिला आउँछ, हमेसा उसैले बजारमा अगुवाई गर्छ र नेतृत्व पनि लिन्छ । दक्षिण कोरियाको रेमिट्यान्स कारोबारमा पनि यहि नियम लागू भएको छ ।

सन् २०१७ जुलाईमा कोरियामा रेमिट्यान्स कम्पनीलाई बजार खुला गरिएपछि जीएमई रेमिट कम्पनीले पहिलो पटक सेवा शुरु गर्यो । त्यसैको प्रतिफल स्वरुप कम्पनीले करिव ५० प्रतिशत बजार हिस्सा लिन सफल भएको छ । ‘कोरियामा कानुनी प्रक्रिया पुरा गरेर काम गर्ने नेपालीको संख्या करिव ३५ हजार छन् । त्यसमध्ये ५० प्रतिशत जीएमईको ग्राहक भएर कारोबार थालेका छन्’ जीएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले भने । कानुनी प्रक्रिया पुरा नगरी कोरियामा काम गरिरहेका नेपालीले रेमिट्यान्स वा बैंकिङ प्रणालीबाट पैसा पठाउन नसक्ने उनले बताए ।

रेमिट्यान्स सेवा मोवाइलबाट प्रविधिको प्रयोगसँगै रेमिट्यान्स पठाउन बैंक वा रेमिट्यान्स कम्पनीको कार्यालय जानु पर्दैन । ‘पहिलो पटक खाता खोल्दा ग्राहक आफै उपस्थिति भई पूर्ण विवरण बुझाउनु पर्छ । त्यसपछि कम्पनीले ग्राहक परिचय नम्बर दिन्छ । त्यसको आधारमा ग्राहकले मोवाईल एप प्रयोग गरि घरबाटै वा मोवाईलबाटै आफन्तलाई पैसा पठाउन सकिन्छ’ पौडेलले भने-‘जीएमई एप प्रयोग गरेर ग्राहकले आफन्तलाई पैसा पठाउन सक्छन्, बैंक वा पैसा पठाउन रेमिट काउन्टरमा जानु पर्दैन’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले भने- ‘ग्राहक बन्न एक पटक हाम्रो अफिसमा आउने हो, ग्राहक परिचय नम्बर लिएपछि आफ्नो बैंक खातामा भएको पैसा सोझै पठाउन सकिन्छ ।’ कोरियामा सबैको बैंक खाता हुने र पारिश्रमिक पनि बैंक खातामा आउने भएकोले नगद कारोबार ज्यादै कम हुने उनले बताए ।

पैसा पठाउँदा कारोबार नम्बर सिर्जना हुन्छ । पैसा पठाउनेले त्यो नम्बर आफन्तलाई एसएमएस गरेर जानकारी दिएपछि यताबाट पैसा झिक्न कुनै समस्या हुँदैन । ‘अधिकांश नेपालीसँग स्मार्ट फोन छ, एसएमएसको सुविधा नभएकोलाई फोन गरेर कारोबार नम्बर टिपाउन सकिन्छ’ पौडेलले भने ।

यसरी पैसा पठाउँदा पाउनेले पाए नपाएको, कुन ठाउँबाट लिएको सबै जानकारी पठाउनेले तत्काल पाउने छ । ‘डलरको विनियमय दर पनि थाहा हुन्छ । कति डलर उताबाट पठाएको हो र यहाँ पाउनेले कति रुपैयाँ लिएको हो, पठाउनेलाई सबै जानकारी हुन्छ ।

नेपालीले एक पटकमा ३ हजार डलर पठाउन सक्छन् भने वर्षमा २० हजार डलर पठाउन सक्छन् । ‘औसतमा नेपालीहरुले मासिक १५/१६ सय डलर पठाउने गरेका छन्’ पौडेलले भने । नेपालीले विगतमा हुण्डीबाट पठाउने गरेका थिए । हुण्डीबाट पठाउँदा जोखिम बढी थियो । विगतमा बैंकबाट पैसा पठाउँदा टीटी शुल्क प्रतिव्यक्ति २५ बैंकले लिने गरेको थियो । हजार जनाले पैसा एकै पटक पठाए पनि प्रतिव्यक्ति २५ डलर तिर्नै पर्दथ्यो । अहिले जीएमईले प्रति कारोबार ५ डलर शुल्क लिएर पैसा पठाउने गरेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.