एमाले-माओवादी केन्द्रलाई एकताबाट भाग्ने कुनै छुट छैन: एमाले महासचिव पोखरेल

  २०७५ वैशाख १८ गते १६:२६     विकासन्युज

काठमाडौं । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले नेकपा एमाले र नेकपा माओवादीलाई एकताबाट भाग्ने कुनै छुट नभएको भन्दै दुई कम्युनिष्टको छिट्टै एकता हुने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को नयाँ नेतृत्वको कार्यभार हस्तान्तरण कार्यक्रम एवं मे डे को शुभकामना व्यक्त गर्दै उनले न्यायोचित, सम्मानजनक र समानताका तीन आधारमा दुई पार्टीको एकता हुने स्पष्ट पारेका हुन् ।

पोखरेलले प्रतिशतका आधारमा एकता हुन नसक्ने बताए । पार्टी एकताको अन्तिम विट मार्न दुई पार्टीका अध्यक्षहरुलाई जिम्मा दिईएको उल्लेख गर्दै उनले अतितमुखी नभएर भविष्यमुखी ढंगले एकता गरिने बताए । दुई पार्टी एकताबारे औपचारिकता दिनमात्र बाँकी रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार एवं जिफन्टका संरक्षक विष्णु रिमालले श्रमिक संगठनको नेतृत्व दिनेहरुको एक निर्णयले सारा श्रमिकको दैनिक जीवनयापनमा नै ठूलो असर पार्ने भन्दै त्यसतर्फ विचार पुर्याउन नयाँ नेतृत्वलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले सबै मजदुरका हितमा आफू नेतृत्वको नयाँ टिमले काम गर्ने बताए । त्यस्तै जिफन्टका केन्द्रीय अनुशासन निरिक्षण आयोगका प्रमुख विष्णु लम्सालले अनुशासित ढंगले श्रमिक संगठनमा लाग्न निर्देशन दिएका थिए । जिफन्टका नवनिर्वाचित महासचिव जनक चौधरीले नयाँ कमिटीले बजारमा देखिएको सबै श्रमिकका समस्या समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.